30 January 2015

५० किलो विस्फोटक पदार्थ सहित एक जना भरतीय पक्राउ

१६ माघ २०७१, वीरगन्ज- सशस्त्र प्रहरीले वीरगन्जको सिर्सियाबाट ठूलो परिमाणमा  विस्फोटक पदार्थ सहित एक जना भरतीयलाई पक्राउ गरेको छ । वीरगन्जको सिर्सिया छोटी भन्सार क्षेत्रबाट अति प्रज्वलनशील विस्फोटक पदार्थ सहित पूर्वी चम्पारण जिल्ला पन्टोका ग्राम पञ्चायत वडा नं. १८ बस्ने बर्ष २२ का राजीवकुमार साहलाई पक्राउ गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक भीम बहादुर थापाले जानकारी दिए । साहको साथबाट  ५० किलो विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा गरेको नियमित गस्तीको क्रममा भारतबाट नेपालमा ल्याईरहेको अवस्थामा विस्फोटक पदार्थ सहित साहलाइ पक्राउ गरिको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए । पक्राउ गरिएको विस्फोटक पदार्थ सहित साहलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ । बिम्मी शर्मा, वीरगञ्ज

No comments :

Post a Comment