19 November 2015

'नाम विवेकशील काम विवेकहीन'


१९ नोभेम्बर २०१५, काठमाण्डौ- अाफुलाई भावी सक्षम नेतृत्व दावी गर्ने 'विवेकशील नेपाली दल' ले सरकारको राजीनामा माग्दै दवावको कार्यक्रम घोषणा गरेर बिबादमा मुसिएको छ । नया संबिधानमा केही भारतीय स्वार्थ नसमेटिएपछी केही मधेसीहरुको वुई चढ्दै भारतले अन्तराष्ट्रिय कानुनहरु मिचेर नेपालमा अघोषित नाकाबन्दी गरेको र सरकारले अर्को छिमेकी चीनसँग धमाधम सम्झौताहरु गर्दै स्थितीलाई सामान्य बनाउन प्रयास गरिरहेको समयमा सरकारलाई राजीनामा दिन दवाव दिएर धुमाउरो पारामा भारतीय स्वार्थपुर्तिको पक्षपोषण गरेको विश्लेषण कत्तिपय उक्त दलकै सदस्यहरुले बताइरहेका छन ।



भारतले तीनमहिनादेखी गरेको नाकाबन्दीबारे तथा मधेसी दलले त्यति नै समयदेखी मधेस तथा अन्य ठाउका नेपाली जनतालाई दुख दिईरहेको वारे खुलेर कुनै कार्यक्रम नगरेको विवेकशील नेपाली नामको दलले आज एक्कासी संकटकालिन अवस्थामा सरकारलाई सहयोग गर्नुको साटो सरकारको बिरोध गर्नु दुखद तथा संकास्पद रहेको उसैका समर्थकहरुले वताईरहेका छन ।

"अोली सरकारले राजिनामा दिएर तिमीहरुलाई नेतृत्वको जिम्मेबारी दिए के गर्छै ?" भन्ने समर्थकको प्रश्नको जवाफ नदिएका उज्वल थापाले पछिल्लो दिनमा नेपालीहरुको समर्थन ह्वात्तै बढेकाले समुह पात्तिएर जे पायो त्यही गर्न थालेको विश्लेषण गरिएको छ । नेपालमा  भुकम्प आएको समयमा विवेकशील नेपाली दलले गरेको प्रंसशनीय सहायताका कार्यले गर्दा यो समुह नेपालीमाझ आफुलाई फैलाउन सफल भएको थियो । 


"अर्कालाई होच्याएर आफुलाई महान देखाउने परिपाटीबाट आजीत भएका नेपाली जनताले विवेकशील नेपालीबाट ठूलो अपेक्षा राखेको तर पछिल्ला दिनको उनिहरुको कृयाकलाएले उनिहरुपनि त्यही मुलको भएको तथा गन्तव्य देश बिकास नभएर कुर्सी नै भएको यथार्थ उदाङ्गो हुदै गएको छ" दलका एक समर्थकले बताए ।
स्मरणीय के छ भने सबै राष्ट्रवादी शक्तिहरु आफुहरु जस्तोसुकै कष्ट झेल्न पनि तयार रहेको तर तेलसँग राष्ट्रियता साट्न नसकिने भएकाले कुनैपनि हालतमा घुडा नटेक्न सरकारलाई आग्रह गरिरहेका छन नेपालमा भएका केही भारतीय दलालहरु सरकारलाई भारतसँग झुक्न दवाव दिईरहेका छन । विवेकशील नेपालीको यो दवावको पनि गंभिरताका साथ अवलोकन भईरहेको छ ।

No comments :

Post a Comment