27 February 2015

विशाल नितम्ब र हिपका धनी महिलाहरू असाध्यै खुशी

बाफरे, हिप!विशाल नितम्ब हुनुका आफ्नै अप्ठ्यारा र असजिला हुन्छन्। तर, स्थूल हिपका धनी उनीहरू खुशी छन्। उनीहरूकै भाषामा भन्ने हो भने 'असाध्यै खुशी!'

चार सन्तानकी आमा, लस एन्जेलसवासी ४२ वर्षीया मिकेल रुफिनेली संसारकी सबैभन्दा विशाल हिप भएकी महिला मानिन्छिन्। उनको शरीरको मध्यभागको गोलाकार लम्बाइ आठ फिट छ। उनी आफ्नो नारीजन्य आकारलाई प्रेम गर्छिन्। उनका श्रीमान् रेगी त उनको सुडौल देहलाई पूजा नै गर्छन्। गर्वित मिकेल भन्छिन्, 'म चरम छु, मेरो काया चरम छ। मेरा नितम्ब मेरा सम्पत्ति हुन्। म यिनलाई माया गर्छु।'

त्यसो त मिकेलले भीमकाय शरीरका कारण असुविधा पनि भोग्नुपर्छ। सावरमा फिट हुन उनलाई हम्मे पर्छ। कोरिडरमा अट्किने डरले उनले तेर्सो परेर हिँड्नुपर्छ। सामान्य

आकारको कारमा उनी अटाउँदिनन्। त्यसैले सानो खालको ट्रक चढ्नुपर्छ।
hip 3
अर्की स्थूल हिपकी मालिक्नी डेनिस साउडर हजुरआमा हुन्। लस भेगासकी ५६ वर्षीया यी स्ट्रिपरको हिपको नाप छ फिटभन्दा बढी हुन आउँछ। सामान्य महिलाको भन्दा दोब्बर ठूला छन् उनका नितम्ब। उनी 'स्विट चिक्स'को उपनामले चिनिन्छन्। अनलाइनमा उनी आफ्ना नितम्बको प्रदर्शनसम्बन्धी क्लिपहरू बिक्री गर्छिन्। 'ईश्वरले दिएपछि किन प्रेम नगर्नु? किन यसको उपयोग नगर्नु?' उनी भन्छिन्। उनका प्रेमी स्टिभ भन्छन्, 'उनका नितम्बका आकार घटे भने उनी कम आकर्षक देखिनेछिन्।' स्टिभलाई मोटी महिला मन पर्छन्। उनले स्थानीय पत्रिकामा आफूलाई १ सय २० किलोभन्दा बढी वजन भएको महिला पार्टनर चाहिएको विज्ञापन दिएका थिए। यसरी उनको र डेनिसको भेट भएको थियो। तर, १२ वर्षअघि उनले डेनिसलाई छोडिदिएका थिए। किनभने, उनले डेनिसभन्दा मोटी महिलालाई प्रेमिका बनाएका थिए। तर, ती प्रेमिकाले तौल घटाउन सर्जरी गरेपछि स्टिभले पुनः डेनिससँगको सम्बन्धलाई निरन्तरता दिएका थिए। उनी डेनिस अझै मोटाऊन् भन्ने पनि चाहन्छन् र मोटोपनसँगै आउने समस्याका कारण उनलाई गाह्रो नहोस् भन्ने पनि चाहन्छन्।

hip 2
स्थूल हिप भएकी अर्की महिला हुन्, मार्लेना प्लमर। न्युयोर्ककी ३५ वर्षीया मार्लेनाको हिपको परिमिति सात फिट छ। उनी बेला–बेला पौडी र पोल ड्यान्सिङमा रमाउँछिन्। उनी प्रेमीको खोजीमा छिन्। 'मलाई विश्वास छ, संसारमा कोही छ, जसले मलाई म जस्तो छु, त्यसैका निम्ति माया गर्नेछ,' उनी भन्छिन्।

'बच्चैदेखि मेरा हिप ठूला थिए,' उनी भन्छिन्, 'म त्यति धेरै खाँदिनथेँ। तर, पनि मेरा हिप मोटा हुन्थे। तर, मलाई आफ्ना नितम्ब प्यारा छन्। म आफ्नो शारीरिक आकार र आफूलाई माया गर्छु।'

विशाल नितम्बका कारण चर्चित क्लाउडिया फ्लोराउन्स महत्वाकांक्षी अभिनेत्री र प्लस साइज मोडल हुन्। अस्ट्रियाबाट ठूलो सपना बोकेर हलिउड आएकी ४० वर्षीया क्लाउडियाले आफ्ना ५ फिट ४ इन्च आकारका नितम्बका कारण युट्युबमा थुप्रै फ्यान बटुलेकी छिन्। 'मलाई आफ्ना नितम्ब अत्यन्त सेक्सी लाग्छन्,' उनी भन्छिन्, 'खासमा मलाई मेरो सम्पूर्ण शरीर ज्यादै सेक्सी लाग्छ। मलाई लाग्छ– मानिसहरू मलाई हेर्न मन पराउँछन्। किनभने, मेरो शरीरको आकार अद्भुत छ। म ज्यादै विशाल छु, तर आफूलाई औधी आत्मविश्वासका साथ वहन गर्छु।'

उनलाई बिहेका प्रस्ताव थुप्रै आउने गर्छन्। 'हरेक दिन मलाई कम्तीमा २७ वटा विवाह प्रस्ताव आउँछन्,' उनी भन्छिन्। - See more at: http://nagariknews.com/friday/story/33795.html#sthash.JkMimBCO.dpuf

No comments :

Post a Comment